कार दुर्घटनामा एनबीए हिरो बटलर र उनकी पत्नी लियाको मृत्यु

काठमाडौं, १८ माघ । पूर्व बास्केट बल खेलाडी एवं रसुल एनबीए हिरो बटलर र उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा मृत्यु भएको छ बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए । उनले चलाइरहेको कार नियमित भन्दा २–३ गुणा तीव्र गतिमा थियो । तीव्र गतिमा रहेको कार अनियन्त्रित भइ पार्किङ मिटरलाई हानेपछि उछिट्टिएर नजिकको भित्तामा पटक–पटक ठोक्किएको थियो ३८ वर्षीय बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन्, जो २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?