सिटी र टोटनह्याम विजयी, चेल्सी र युनाइटेड पराजित

काठमाडौं, १८ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबाररातिका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने चेल्सी र म्यान्चेस्टर युनाईटेड पराजित भए बुधबारराति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ३–० ले पराजित गर्‍यो । सिटीको जितमा फर्नान्डिनो, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक एक गोल गरे अर्को खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ । टोटनह्यामले बलियो प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाईटेडमाथि २–० को जित निकाल्यो टोटनह्यामको जितमा क्रिश्चियन एरिक्सनले एक गोल गरे भने म्यान्चेस्टर युनाईटेडकै फिल जोन्सले आत्मघाती गोल गरेका थिए प्रिमियर लिगकै अर्को खेलमा चेल्सी बर्नमाउथसँग ३–० ले पराजित भयो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बर्नमाउथलाई विजयी गराउन क्यालम विल्सन, जुनियर स्टानिस्लास र नाथन अकेले एक–एक गोल गरे गएराति भएका अन्य खेलहरुमा एभर्टनले लेष्टर सिटीलाई २–१ ले हराउँदा न्युकासल युनाईटेड र बर्नली तथा साउथह्याम्पटन र ब्राईटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्टोक सिटी र वाट्फोर्डले भने गोलरहित बराबरी खेले गएरातिका खेलपछि २५ खेलबाट ६८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट ५३ अंक सहित म्यान्चेस्टर युनाईटेड दोस्रो र ५० अंक सहित लिभरपुल तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?