रौतहटमा स्थानीयवासी र प्रहरीबीच भिडन्त, तीन राउण्ड हवाई फायर

रौतहट, १८ माघ । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी गराए लाठी चार्जमा बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?