१६ मङ्सिर २०८०, शनिवार

केसीलाई अन्तर्घातको आरोप प्रतिशोध मात्रै, सानेपामा अर्को निवेदन

२०७४,आश्विन,१,आईतवार ११:०८

0
Shares

काठमाण्डौं, १ असोज ।नेपाली काँग्रेस नुवाकोटका सभापति तथा सांसद जगदिश्वर नरसिंह केसी माथि लगाईएको अन्तर्घातको आरोप निराधार भएको निवेदन काँग्रेस केन्द्रीय कार्यालयमा परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उमेदवारहरुले आईतवार केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता गरेका हुन ।स्थानीय तह निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दै बेलकोटगढी नगरपालिकाका प्रमुखका उमेदवार यादव नेपालले केसीलाई कारवाही गर्न माग गर्दै एक साता अघि पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेका थिए ।सभापति केसीको बचाउ गर्दै बेलकोटगढीका अधिकांस वडाका उमेदवारहरुले केसीले अन्तर्घात नगरेको प्रष्टोक्ति सहितको निवेदन केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन ।यस्तै पार्टीले नगरप्रमुखमा टिकट नदिएको भन्दै स्वतन्त्र उमेदवारी दिई पछि फिर्ता लिएका भुपेन्द्र बानियाँले पनि केन्द्रीय कार्यालयमा छुट्टै निवेदन दर्ता गराएका छन । उनले आफ्नो निवेदनमा भनेका छन । केसीकै दबावमा आँफुले उमेदवारी फिर्ता लिएको र आधिकारिक उमेदवार यादव नेपाललाई सहयोग गरेको तर तिनै केसीलाई अन्तर्घातको आरोप लगाउनु प्रतिशोध मात्र हो ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा प्रताप सिंह लामाले आधिकारिक उमेदवारी दर्ता गराए पनि पछि पार्टी सभापति शेरबहादुर देउवाको ठाडो निर्देशन भन्दै यादव नेपालले उमेदवारी दिएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । शनीबार कांग्रेस लुम्बिनी

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले मध्यावधि निर्वाचनको कुरा उठ्नुमा वर्तमान राजनीतिक सकस एउटा कारण रहेको बताएका छन्। त्यो सकसको

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले कसैले चाहँदैमा नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । आज बेल्को होम अप्लायन्सेसको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् ।

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३