काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । बुधबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेका हुन् ।
परियारलाई हातहतियारसहित टेम्केमैयुङ गाउँपालिकाको कोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
परियारको साथबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर दुई थान, राइफलको गोली तीन राउण्ड, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया