आजको शनिबारे छुट्टि : यसरी विशेष बनाउने कि !

काठमाडौं- आज शनिबार । धेरैको आज छुट्टि छ । हरेक हप्तामा शनिबार बिदा हुने भएको कारणले पनि मानिसहरु परिवारका सदस्य लिएर घुम्न निस्किन्छन् । केहि कार्यालय जान्छन् । काम गर्छन् । बाहिरफेर ननिँस्कनेहरु पनि यसो चोक चौतारो सर्वजनिक स्थानमा निँस्किन्छन् । त्यसमाथि कामको व्यस्तताले घामको अनुहार नदेखेकाहरु पनि घाम ताप्छन् । नेपालमा अझै चिसो मौसम भएको कारणले धेरैले यो बिदालाई घाम ताप्दै सुन्तला बदाम खाएर मनाउँछन् ।

तर यसपटकको तपाईंको शनिबार यी सबै कुरा हुनेवाला छैन ।किनकी छिमेकी मूलुक चीनको वुहानबाट गत वर्ष डिसेम्बर अन्तिम साता फैलिएको माहामारी कोरोना (कोभिड १९ ) को कारण यतिबेला सरकारले पनि सूचना जारी गरेर भिडभाड, मान्छेहरुको अत्याधिक जमघट नगर्ने स्थानमा नजान र अत्यावश्यक कामबाहेक बाहिर नजान पनि भनेको छ । यसअर्थ तपाईंले यसपटकको शनिबारे छुट्टिमा घरबाहिर भिडभाडमा, भेला , समारोह, र्पाक, सार्वजनिक स्थलमा नजानु नै वेश हुन्छ । आजको विदामा तपाईले यसो गर्न सक्नुहुन्छ ।

सरसफाई र व्यक्तिगत काम : कामको चापका कारण अन्य दिन थाँती राखेका घरायसी कामकाज र तपाईंका वयक्तिगत कामहरु पनि तपाईंले यस दिन गर्न सक्नुहुन्छ ।

बालबालिकासँग बिताउनुहोस् : कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ सम्मको परिक्षा चैत्र पाँच गतेभित्र सम्पन्न गरिसक्ने वातावरण मिलाउन विद्यालयलाई आग्रह गरेको हो । यसअर्थ कोरोनाको त्रासका कारण नेपाल सरकारले सबै परिक्षा चैत्र १० भित्र सक्न निर्देशन दिएको छ ।यतिबेला क्यालेन्डरको पानामा फागुन को अन्तिम साताको जनाउ छ । त्यसैले कोरोनाको त्रासदीका बीच तपाई घरमा नै बसेर बालबालिकालाई समय दिन सक्नुहुन्छ ।

घाम ताप्दै बदाम र सुन्तला : जानकारहरु भन्छन्, बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ । यसले हाम्रो शारिरीक मानसिक दुवै रुपमा फाईदा पुर्याउँछ । बदामका अरु धेरै फाईदा हरु यस्ता छन् ।

नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।
स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

ग्याँस र एसिडीटिको समस्याबाट छुट्कारा मिल्छ ।

भोक नलाग्ने समस्या हटाउँछ ।

गर्भवती महिलाहरुलाई यसले फाइदा पुर्याउँछ।

बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ,जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।

बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।

महिलाको प्रजनन् क्षमतामा वृद्धि गर्छ ।

बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।

बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।तर चिकित्सकका अनुसार अखाद्य चीजहरु मिसाएको खानेकुरा बढी मिसीने हुँदा त्यस्ता खानेकुरा खानुहुँदैन ।

नियमित बदामले सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।

स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

ग्याँस र एसिडीटिको समस्याबाट पनि छुट्कारा मिल्छ ।

भोक नलाग्ने समस्या हटाउँछ ।

गर्भवती महिलाहरुलाई पनि यसले फाइदा पुर्याउँछ।

बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ । जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।

बदाममा खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।

महिलाको प्रजनन् क्षमता वृद्धि गर्छ ।
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मदत गर्छ ।

बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।

बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।

सुन्तलाका फाईदाहरु यस्ता छन्
क्यान्सरको जोखिम घटाउन

मिर्गौला स्वस्थ राख्न

कलेजो जोगाउन

कोलेस्टरोल घटाउन

मुटु बलियो बनाउन

भाइरल इन्फेक्सन हटाउन

कब्जियत खुलाउन

आँखा तेजिलो बनाउन

रक्तचाप नियन्त्रण गर्न

घाम ताप्नुका फाइदाहरु
सूर्यको प्रकाशका कारण हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक शक्ति हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ ।

सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् ।
रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग

डिप्रेसनबाट बच्न सकिन्छ । घाम ताप्दा हामीमा विशेष किसिमको उर्जा उत्पन्न हुन्छ । हामीमा खुसी बढाउँछ ।

रुघाखोकीबाट बच्न विहानको उदाउँदो सूर्यको घाम एकदमै फाइदाजनक हुन्छ र राहत दिन्छ ।

विहानै ताजा घाम ताप्दा भरपूर मात्रामा भिटामिन डी प्राप्त हुन्छ ।

शरीरका कुनै पनि भागमा हुने फंगल इंफेक्शन ९दाँद, घाउ० निको पार्न विहानैको ताजा घाम ताप्नु एकदमै लाभकारी हुन्छ ।

तर ध्यान दिनुहोस्
ध्यान राख्नुस् पसीना आइसकेपछि घाममा बस्नुहुँदैन् । वर्षातको समयमा घामले हानी गर्नसक्छ, अतः त्यस्तो घामबाट बच्नुपर्छ । साथै दिउँसो १२ देखि ३ बजेसम्म घाम सिधा टाउको पर्नुहुँदैन । घामका कारण एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् । केवल विहानको कोमल, ताजा घाम नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

किताब पढ्ने  : अरु बारमा घर अफिसको तनाव र दौडधुपमा वयस्त तपाईंले विभिन्न किताव पढ्न सकनुहुन्छ ।

विश्वसनिय अनलाईनमा प्रकाशित आलेख पढ्ने: अन्य बार तपाईंले त्यस्ता आलेखहरु पढ्न पाउनुभएको छैन भने यस दिन घरमा नै बसेर यो समयको भरपूर उपयोग गर्न सक्नुहुन्छ ।

डकुमेन्टी/ मूभि हेर्ने  : अन्य बारमा तपाईंले थाँती राख्नुभएको यो काम आज गर्न सक्नुहुन्छ ।

अरुलाई सिकाउने : पछिल्लो समय भयावह बन्दै गएको कोरोना यसको असर भ्रम र यथार्थको बारेमा अन्य मानिसलाई जानकारी दिने काममा पनि सहभागी हुन सक्नुहुन्छ ।

परिवारका सदस्यबीच भेटघाट : भनिन्छ, ‘पछिल्लो समय घर नजिक भयो तर मन झन् टाढा ।’ हो, आजको छुट्टीलाई तपाईले आफ्ना आफन्त साथीभाई र नजिकका नातेदारलाई भेटेर पनि सदुपयोग गर्न सक्नुहुनछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?