कृषि कर्जाको ब्याजदर बढ्न सक्ने

काठमाडौँ, १८ माघ – व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको व्याजदर बढ्ने देखिएको छ । राष्ट्र बैंकले कृषि कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधार दर(बेसरेट)मा आधारित भएर निर्धारण गर्न सकिने व्यवस्था गरेसँगै कृषि तथा पशुपक्षी कर्जाको ब्याजदर बढ्ने देखिएको हो यसअघि बैंक तथा वित्तीय संस्थाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा बढीमा १० प्रतिशत मात्रै ब्याज लिन सक्ने व्यवस्था रहेको थियो । ‘व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि, २०७३’ अनुसार बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारले उपलब्ध गराउने ५ प्रतिशत अनुदानबाहेक बढीमा ५ प्रतिशत मात्रै ब्याज लिने पाउने व्यवस्था गरेको थियो तर, राष्ट्र बैंकले उक्त कार्यविधिलाई संशोधन गर्दै अब बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा आधारित भएर ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । अहिले वाणिज्य बैंकहरूको सरदर आधार दर (बेसरेट) १०.०७ प्रतिशत रहेको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?