काठमाडौं । नोपल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आवेगमा जुत्ता प्रहार गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका थिए ।
प्रचण्डलाई जुत्ता प्रहार गरेपछि लगतै तिरुवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापा नेतृत्वको छानबिन समितिले बनाएको थियो ।
उक्त समितिले तिरुवा कसैबाट पनि परिचालीत नभएको निष्कर्ष निकालेको हो । उनलाई प्रचण्डले गरेको वर्गसंघर्षको कुरामा चित्त नबुझेलेको र जुत्ता प्रहार गरेको पाइएको प्रहरीका एक उच्च अधिकारीले बताए ।
उनका बुबाको सशस्त्र द्वन्द्वका क्रममा ज्यान गएको आवेगमा जुत्ता प्रहार गरेको पाइएको ती अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया