अष्ट्रेलियामा पौडी खेल्ने क्रममा नेपालीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा समुन्द्रमा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ । पोखराका निकित श्रेष्ठको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर ज्यान गएको हो ।

बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेशलाई छालले बगाएको जनाइएको छ । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए ।

उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट दुई सय मिटर पर तैरिरहेको अवस्थामा निकेशको शव फेला पारेको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिएका छन् ।

निकेश फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनको शव नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?