काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले हात पारेको छ ।
बुधबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २९० ले आफ्नो बनाएको हो । अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा जन्नीमन मालनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेले । हेन्रिच क्लासेनले ५१ रन जोड्दा जेजे स्मुट्सले ४१ रन जोडे । यस्तै डेभिड मिल्नरले ३७ रन बनाए ।
अष्ट्रेलियाका एडम स्मिथले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो । उसका आरोन फिन्च र म्याथ्यु सर्टले समान ६९-६९ रन बनाए । मिचेल मार्शले ३६ रन जोड्दा डेभिड वार्नरले ३५ रन बनाए ।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ६ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा २९० को अग्रता समेत बनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया