एमबाप्पेको ह्याट्रिकमा पीएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । यस्तै पाब्लो सराबिया र नेयमारले समान एक एक गोल गरे । लियोनका मार्टिन टेरीएरले एक गोल फर्काएका थिए ।

खेलको ६१ औं मिनेटमा फर्नान्डो मार्कलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो ।
लियोनको मैदानमा एक गोलको अग्रता उल्टाएर पीएसजीले फराकिलो जित निकालेको हो ।

अब पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग खेल्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?