हेटौडामा नेविसंघका कार्यकर्ताको मानवीयता हराउँदा काँग्रेस प्रवक्ताले माफी मागे

काठमाडौं । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले हेटौडामा पार्टी निकट नेविसंघका कार्यकर्ताले गरेको हर्कतप्रति माफी मागेका छन् । उनले हेटौडामा केही विद्यार्थीले गरेको कृत्यप्रति माफी मागेका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हेटौडामा गलत प्रवृत्ति झापा गौरादहमा प्रशंसनीय संस्कृति र म क्षमा चाहन्छु केही विद्यार्थीले हेटौडामा गरेको कृत्यप्रति अनि बधाइ दिन्छु गौरादहलाई !’
उनले आलोचना सुसंस्कृत भाषामा हुने भन्दै समयको संवेदनशीलताप्रति गम्भीर बन्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले यो घडीमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न अनुरोध गरेका छन् ।
नेविसंघका कार्यकर्ताले मंगलबार साँझ प्रधानमन्त्रीविरुद्ध मानवसंवेदताहीन नारा लगाएका थिए भने झापामा स्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?