बेपत्ता किशोर फेला – ७ दिनसम्म जंगलमै

काठमाडौँ, १८ माघ – ललितपुर– फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङ ७ दिनपछि घनाजंगलभित्र अर्धचेत अवस्थामा फेला परेका छन् । ‘रेस्क्यु थ्री साउथ एसिया’ को टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेट्टाएको थियो, कान्तिपुरमा खबर छ  ‘उनी भिरालो ठाउँमा ७० डिग्रीको कोणमा अडिएका थिए,’ फेला पार्ने स्वयंसेवी संस्था ‘रेस्क्यु थ्री साउथ एसिया’ का क्षेत्रीय निर्देशक चन्द्र आलेले भने, ‘अर्धचेत अवस्थामा थिए । देख्नासाथ मैले बाबु भनें, उनले आँखा खोले । मैले अँगालोमा बेरें । उनी धरधरी रोए ।’ उनका टोलीमा धेरै जना भए पनि फरक–फरक दिशातिर खटिएका थिए । उनले तत्काल रेडियोमार्फत टिमलाई खबर गरे । ‘लोकेसन’ बताउन नसक्दा अर्का एक सहकर्मीको सहयोगमा उनी बोकेर अघि बढे ‘कडा जंगल, सिरुपाते खुकुरीले फाँडदै झर्‍यौं,’ उनले भने, ‘फुल्चोकी डाँडासम्म आइपुग्दा साढे ८ बज्यो ।’ काँडेझाडी फाँड्दै आएका आलेका हातभरि चोटैचोट देखिन्थे त्यतिन्जेल उनले जोनका बाबुआमालाई खबर गरिसकेका थिए । उनीहरू फुल्चोकीको फेदमा कुरिरहेका थिए । ‘माया मारिसकेका थियौं, भेट्दा हर्षका आँसु थामिएनन्,’ उनका बुवा गौतम तामाङले भने । जोनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ उनी हराएयता चिसो खुब बढेको छ । उनलेताता लुगा लगाएका कारण सुरक्षित रहेको आलेले अनुमान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?