यामाहाको नयाँ प्रस्तुतिः इण्डोनेसीयन सिरिजको एनम्याक्स १५५, प्रिमियम डिजाइन, पावर र सुविधाका साथ !

काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय यामाहा एनम्याक्स, पावर बाइकको र सुविधा स्कूटरको अपेक्षा गर्ने व्यक्तिहरुका लागि एक अत्यन्त उपयुक्त स्कुटर साबित भएको छ ।

एनम्याक्स १५५ मा जडित फ्युल इन्जेक्टेड इन्जिनको विकास यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गराउँदै तपाईंलाई उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित छ ।

यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उजागर गरिदिन्छ ।

एनम्याक्स १५५ लाई त्यसप्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प््योग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ ।

एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ्गका साथ स्थिर ह्याण्डलिङ्ग प्रदान गर्दछ । दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन– कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरुले यो सुनिश्चित् गर्दछ र यात्रा गर्नेलाई हरेक पटकको सफरमा सुविधा दिलाउँछ ।

बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि फ्रन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्दछ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्ड अनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ्ग पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ ।

सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ्ग स्थलमा समेत फिट हुनेछ– र अझै बाहिरी भागमा सानो भएको हुनाले तपाईंले भित्र चालकको गोडा राख्न र तपाईंको यात्रुको लागि प्रशस्त स्थानसहितको आश्चर्यचकित पार्ने ठाऊँहरु फेला पार्न सकिने कम्पनीले जनाएको छ । लामो आकारको दोहोरो सीटको डिजाइन सुविधाको उच्चतम स्तरको सुनिश्चित्ता दिन गरिएका छ र यसमा पूरा मुहार डाक्ने हेलमेट राख्ने भण्डारण स्थल पनि छ ।

स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र प्रिमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०–१३ को अग्र टायर र ठूलो १३०÷७०–१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् ।

एनम्याकस १५५ को मुखाकृतिमा जोडी–आँखा एलइडि हेडलाइटको डिजाइन गरिएको छ, जुन तेस्रो केन्द्रीय बत्ति उच्च बीम मोडमा आउँदा कम बीममा देखिन्छ । यसैगरी पृष्ठ भागमा एक स्टाइलिस एलइडि स्टपलाइट छ र पढ्न सजिलो हुने एलसिडि औजारहरु जसमा बार किसिमको इन्धन गज, स्पीडओ, घडी र इन्धन खपत डाटा समेत रहेका छन् ।

एनम्याक्सलाई नेपालमा एम.ए.डब्लु। इन्टरप्राइजेज प्रा.लि.ले केही विशेष ग्राहकहरुको मागमा इण्डोनेसियबाट आयात गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?