यस्तो छ प्रदेश नं ३ को संसद अधिवेशनको कार्यसूची

हेटौडा, १७ माघ – प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न आज साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्ने भएका छन् यसैगरी सोही सर्वदलीय बैठकले भोलि १८ गते बस्ने प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ । सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न भोलि बस्ने प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ नं प्रदेशसभा सदस्य डोरमणि पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?