पुलिसको हतियार लुट्ने पक्राउ

बारा, १७ माघ – गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिए तस्करको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते समेत भएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए त्यसैगरी, आज महागढीमाई–६ बबुआइन नजिकैको सडकबाट भन्सार छली ल्याइएको बीआर ०५ टी ६५१०, बीआर ०५ डी ९०४१, ग ४ प १३०८ र ना ३ प ३९१६ नम्बरका चार थान मोटरसाइकल र त्यसमा लोड गरिएको सूर्तीको आठ बोरा धुलोसहित तीन जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिए पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका–३ का भुलेन्द्र यादव, रामविश्वास यादव र शेषनाथ साह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?