सुर्खेत । जिप दुर्घटना हुँदा सुर्खेतमा तीन जना घटनास्थलमै मृत्यु भएको छ । चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिव ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलका अनुसार दुर्घटनामा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का को मृत्यु भएको हो ।
घाइते चारै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया