काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको सफल प्रत्यारोपण भएको बुझिएको छ । उनको करिब ५ घण्टा लगाएर प्रत्यारोपण गरीएको हो ।
अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा उनको प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीको यो दोस्रो पटकको प्रत्यारोपण हो ।
मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
उनलाई नातामा भान्जी पर्ने समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी हुन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनबाट बिहान १० बजेर ५ मिनेटमा अप्रेशन थिएटरमा छिर्नुअघि ओलीले चिकित्सकहरुसँग कुरा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया