९ चैत्र २०७९, बिहीवार

पुर्व राष्ट्रपतिलाई सरकारले नै आवासको व्यवस्था गर्ने

२०७४,आश्विन,१,आईतवार ०९:२६

0
Shares

काठमाडौं, १ असोज ।पूर्व राष्ट्रपतिहरुलाई सरकारले आवासको व्यवस्था गर्नुपर्ने भएको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले पूर्व राष्ट्रपतिहरुलाई आवासकै व्यवस्था गर्नुपर्ने सुझावसहितको अध्ययन प्रतिवेदन तयार पारेको हो । राष्ट्रप्रमुख भईसकेकाहरुको सम्मानका लागि पनि राज्यले आवासको व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारिएको उपसमितिका संयोजक जीवनबहादुर शाहीले जानकारी दिए ।उपसमितिका अनुसार आवास व्यवस्था नहुन्जेल सरकारले दिँदै आएको आवास भाडावापत मासिक २ लाख पूर्व राष्ट्रपतिहरुलाई उपलब्ध गराउने कामलाई निरन्तरता दिनुपर्नेछ ।उपसमितिको प्रतिवेदनमा पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीमा रहने व्यवस्था गरी मर्यादाक्रम तोक्नुपर्ने, निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यसैगरी संविधान सभा सदस्यको संघीय संसदका सदस्य सरह हुनेगरी मर्यादा तोक्नुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपसमितिले शासन नयाँ व्यवस्था आएको अनुभूति समेत हुने गरी संविधान सभाका सदस्य उल्लेख भएको लोगो उपलब्ध गराउनुपर्ने सुझाव पनि दिएको छ ।उपसमितिले तयार पारेको प्रतिवेदन समितिले पारित गरेपछि संसदमा पुन पेश हुनेछ । संसदको फुल हाउसमा प्रस्ताव पारित भएपछि कानुन बन्नेछ । संसदको राज्य व्यवस्था समितिले पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक २०७३ माथि आवश्यक सुझाव दिन उपसमितिनै गठन गरेको थियो । उपसमितिले प्रतिवेदन तयार पार्नु अघि प्रमुख तीनका सचेतकहरु, विज्ञहरुसँग समेत छलफल गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०९:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००