तीन दिनभित्र शिक्षक नेगीलाई हाजिर गराउन आदेश

भीमदत्तनगर, १७ माघउच्च अदालत, दीपायलको महेन्द्रनगर इजलाशले कञ्चनपुरको भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालयका शिक्षक कर्णबहादुर नेगीलाई तीन दिनभित्र विद्यालयमा हाजिर गराई पठन÷पाठन गराउन दिन आदेश जारी गरेको छ अपहेलना मुद्दामा महेन्द्रनगर इजलाशका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको गत सोमबारको संयुक्त इजलासले शिक्षक नेगीलाई विद्यालयमा हाजिर गराउनाका साथै ७५ दिनको बिदा स्वीकृत गर्न विद्यालय अध्यक्ष र निमित्त प्रधानाध्यापकलाई आदेश दिएको हो “पचहत्तर दिन बिरामी बिदा स्वीकृत गरी बाँकीका हकमा प्रचलित सेवा शर्तसम्बन्धी ऐन, नियमबमोजिम गर्ने” अदालतको आदेशमा उल्लेख छ इजलाशले एक वर्षअघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृत गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत वर्ष जेठमा अध्यक्ष कटक कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए अदालतबाट जारी भएको उल्लिखित आदेशअनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश) को अवज्ञा गरी परोक्षरुपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ “विपक्षीहरुलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम अवहेलनाजन्य कसूरको गाम्भीर्यता र परिस्थितिअनुसार तजबिजी जनही रु एक हजार जरिवाना सजाय समेत हुने ठहर्छ,” आदेशमा भनिएको छ विसं २०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले २०७२ पुस २९ गतेदेखि ७५ दिनको बिरामी बिदा मागेका थिए । विद्यालयका प्राधानाध्यापक पाण्डेयले अदालतको आदेश बमोजिम बुधबारदेखि नै शिक्षक नेगी विद्यालयमा हाजिर भइसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?