यी हुन काठमाण्डौँमा कांग्रेसबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दावेदार

काठमाडौं, १ असोज ।आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उमेदवारहरूको मनोनयन गर्ने दिन नजिकिइसकेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै मतपत्रको छपाइ हुने भएका कारण दलहरूले असोज महिनाभित्रै उम्मेदवारको छनोट गरिसक्नुपर्नेछ । धेरैजसो जिल्लामा निर्वाचन क्षेत्रहरू हेरफेर भएका कारण टिकटका आकांक्षीहरू अन्योलमा छन्। । तर राजधानी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा साविकका निर्वाचन क्षेत्र कायमै रहेका कारण टिकटका आकांक्षीहरू सलबलाउन थालेका छन्। । मुलुकको राजधानीसमेत रहेको जिल्ला काठमाडौंमा जनसंख्या वृद्धि अत्यधिक भएका कारण विगतको निर्वाचन क्षेत्रयथावत रहेको हो । नयाँ बानेश्वर क्षेत्रका चारवटा वडा काठमाडौंको क्षेत्र नम्बर १ मा समेटिएका छन्। । यो क्षेत्रमा यसपटक पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह चुनाव लड्ने कुरामा खासै ठूलो विवाद छैन । प्रदेश सभाका दुई सिटमा यहीँका स्थानीयले टिकट पाउने निश्चित जस्तै छ । जसमा एउटा क्षेत्रबाट सुरजचन्द्र लामिछाने, जीवनचन्द्र कोइराला र लिलेन्द्र प्रधानको नाम चर्चामा छ भने अर्को क्षेत्रबाट, मोहन राई र दिपेन्द्र श्रेष्ठको नाम चर्चामा रहेको कांग्रेसका नेताहरु बताउँछन्। । कोटेश्वर, गोठाटार, काँडाघारीलगायतका ठाउँहरू समेटिएको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि प्रतिमा गौतम, लोकेश ढकाल, उपेन्द्र कार्कीलगायतको नाम चर्चामा छन्। । यीमध्ये एकजनाले प्रतिनिधिसभामा टिकट पाए भने बाँकी दुईजनाले प्रदेश सभामा टिकट पाउनेछन्। । त्यसो त प्रदेश सभाका लागि शंकर थापा, दिपक थापा, ओम कार्की, दिलीप श्रेष्ठ, हरिश्चन्द्र श्रेष्ठ, मनिष कोइरालालगायतको नाम पनि चर्चामा छ।३ मा प्रतिनिधि सभाको टिकट कसले फेला पार्छ ? भन्ने अहिले नै एकिन छैन । केन्द्रीय नेता तथा वर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि यसपटक काठमाडौंबाटै चुनाव लड्ने सम्भावना छ, तर उनले कुन क्षेत्र रोज्छन् ? भन्ने टुंगो छैन, यद्यपि मन्त्री कार्कीलाई सुनसरीबाट पनि चुनाव लडिदिन आग्रह भएको छ । क्षेत्र नम्बर ३ मा अम्बिका बस्नेत, हरिबोल भण्डारी, दिपक रिसाल, लता घिमिरे, गजेन्द्र लामा, परशुराम पोखरेल र विमल ठकुरीमध्येले नै प्रतिनिधि सभा र प्रदेश सभाको टिकट पाउने चर्चा नेपाली कांग्रेस वृत्तमा छ । अम्बिका बस्नेतले केन्द्रमा टिकट पाए प्रदेशमा हरिबोल भण्डारी र दिपक रिसालको सम्भावना छ । क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ गगन थापाले टिकट पाउने कुरामा खासै विवाद देखिन्न । प्रदेश सभातर्फ भने जानु घिमिरे, राधा घले, नरोत्तम वैद्य, श्रीराम लामिछाने, कर्माछिरिङ शेर्पा, भोला थापा, न्हुच्छेनारायण श्रेष्ठ, आत्माराम पौडेल, साधुराम खड्कालगायतको नाम चर्चामा छ । क्षेत्र नम्बर ५ मा नरहरि आचार्यको स्वास्थ्यले साथ नदिएकाले उनी उठ्ने सम्भावना छैन । काठमाडौं क्षेत्र नम्बर ५ बाट ज्ञानेन्द्रबहादुर कार्की चुनाव लड्ने सम्भावना छ । प्रदेश सभाका दुई सिटमा रमेश खड्का, गोकर्ण केसी, विनोद भट्टराई, दामोदर खड्का, प्रेमबहादुर खड्का, अनिषराम भट्टराई, बसन्त श्रेष्ठ, मुरारी तामाङलगायतको नाम चर्चामा छ । क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभाका लागि रक्षामन्त्री भीमसेनदास प्रधान र जिल्ला पार्टी सभापति सबुज बानियामध्ये एकजनाले टिकट पाउने सम्भावना छ । महिला नेतृ जीवन डंगोल, न्हुच्छेनारायण मानन्धर, विश्वम्भर प्रधान, वर्षाराम भण्डारी, विजय मानन्धर, इन्द्रमान महर्जन लगायतको नाम प्रदेश सभाका लागि चर्चामा छ । कांग्रेस नेता प्रकाशमान सिंहको घर भएको क्षेत्र नम्बर ७ मा केन्द्रीयस्तरका नेताहरूको खडेरी जस्तै छ । ६० प्रतिशतभन्दा बढी बाहुल्यता नेवार समुदायको छ । प्रकाशमान विगतमा जस्तै क्षेत्र नम्बर १ मा चुनाव लडे भने क्षेत्र नम्बर ७ मा युवा नेता प्रगतिमान रञ्जितले बाजी मार्ने सम्भावना छ । गैरनेवार क्षेत्रमा पनि उत्तिकै पकड रहेका कारण उनी चुनाव जित्ने सम्भावना बोकेका आकांक्षी हुन्। । विगतमा जस्तै महिला कोटा पुर्याउनुपर्ने वाध्यता भयो भने प्रमिला सिंहले तेस्रोपटक टिकट पाउने छिन्। । प्रदेश सभातर्फ भने एउटा क्षेत्र ८० प्रतिशत नेवारी र अर्को क्षेत्र ७० प्रतिशत गैरनेवारी मतदाता हुनेगरी कायम गरिएको छ । मुख्य सहरी इलाका रहेको क्षेत्रमा विजय मालीको विकल्प देखिएको छैन भने ग्रामीण इलाका रहेको क्षेत्रमा सुदर्शन आचार्य, प्रमोदहरि गुरागाइँ, धर्म अर्याल, विनोद पन्त र उत्तम भट्टराईमध्ये एकजनाले टिकट पाउनेछन्। यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेवारलाई नै अघि बढाउनुपर्ने अवस्था छ भने प्रदेश सभातर्फ एकजना नेवार र एकजना गैरनेवारलाई अघि बढाउनुपर्ने अवस्था छ।क्षेत्र नम्बर ८ मा प्रतिनिधि सभाका लागि फेरि पनि नवीन्द्रराज जोशी नै उम्मेदवार हुने सम्भावना छ। प्रदेश सभाका २ सिटमा जुद्धरत्न बज्राचार्य, अमिन पाण्डे, कृष्ण अमात्यलगायतको नाम चर्चामा छ।क्षेत्र नम्बर ९ मा ध्यानगोविन्द रञ्जित, नवीन चित्रकार, तीर्थराम डंगोलमध्ये एकजनाले प्रतिनिधि सभाको टिकट पाउने सम्भावना छ। यीनै तीनजनामध्येबाट दुईजनाले प्रदेश सभाको टिकट पाउने सम्भावना छ।त्यसो त प्रदेश सभाका लागि श्याकृष्ण खड्का, धर्म गौतम, दामोदर गौतम, जयकृष्ण महर्जन र राजन केसीको नाम पनि चर्चामा छ। यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेवारलाई नै अघि बढाउनुपर्ने अवस्था छ भने प्रदेश सभातर्फ एकजना नेवार र एकजना गैरनेवारलाई अघि बढाउनुपर्ने अवस्था छ । क्षेत्र नम्बर १० मा प्रतिनिधि सभातर्फ फेरि पनि राजन केसीको विकल्प छैन। प्रदेश सभातर्फ प्रणयसिंह मुन्ना, पुकार महर्जन, धर्म केसी र इन्द्रमान तुलाधरको नाम चर्चामा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?