कानुनी कारबाही प्रभावकारी नहुँदा बलात्कारका घटना बढ्दो

काठमाडौं, १७ माघ । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका घटना प्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्ष भएको छ आयोगले प्रेस विज्ञप्ति जारी गर्दै, यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरको उजुरी दर्ता, छानविन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडितहरु न्याय पाउनबाट वञ्चित भएका छन् । बलात्कारका घटनाहरुको सुक्ष्मतम अनुसन्धान र कानुनी कारबाही प्रभावकारी नहुँदा बलात्कारका घटना बढ्दै गएको हुनाले यसलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् नेपालको संविधानले यौनजन्य हिंसालाई कानुन बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यी घटनाबाट पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर, व्यहारमा सामूहिक बलात्कारको घटना समेतलाई सामाजिक वापारिवारीक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुंग्याउने गरेको पाइएको छ । बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाहरूको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भएपनि घटनाहरूको अनुसन्धान प्रभावकारी नहुने जस्तो कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिलाहरू न्यायबाट वञ्चित हुन पुगेको पाइएको छ, जारी विज्ञप्तिमा लेखिएको छ त्यस्तै, यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीहरूको दर्ता, छानविन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाई नागरिकको मानवअधिकारको सम्मान र रक्षागर्न एवं हिंसा पीडित नागरिकको न्यायमा पहुँच पुर्याउन आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?