मकवानपुरमा ६ किलो सुनसहित भारतीय पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट ६ किलो भन्दा बढी सुनसहित १ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकल रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

फलामको बेरिङभित्र राखेर ल्याउदैँ गरेको उक्त परिमाणको सुन बरामद गरेको हो ।

बरामद गरेको सुन र अब्दुललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?