अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई थप अनुसन्धन गर्न अनुमति

काठमाडौं, १७ माघ । काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखि अनुसन्धन गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्याधिस राजेन्द्र नेपालको इजलाशले ७ दिन थुनामै राखि अनुसन्धान गर्न अनुमति दिएको हो गत सोमबार प्रहरीको केन्द्रिय अनुसन्धन ब्यूरो (सिआइबी) काठमाडौंका विभिन्न अस्पतालमा आफूहरुलाई डाक्टर बताउँदै अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्टे«लिया र चीनका नागरिकलाई पक्राउ गरिएको थियो नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन् त्यस्तै, विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्त मेडिकल काउन्सिलको अनुमति लिनुपर्छ । पक्राउ पर्ने कसैले पनि मेडिकल काउन्सिलबाट अनुमति लिएका छैनन् । १७ जनालाई ठगी मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई म्याद थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?