दरबारमार्ग बलात्कार काण्ड ढाकछोप आरोपमा प्रहरी परिसर तानिए डिएसपी

काठमाडौं, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना कसैलाई थाहा नदिइ मिलाएको आरोपमा महानगरीए प्रहरी वृत्त दरबारमार्गका डिएसपी तानिएका छन् । कलात्कारको घटना हुँदा आफु बिदामा भएको बताउँदै आएका डिएसपी तिलक भारतीलाई छानबिनका लागि महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको छ डिएरपी भारतीमाथि पनि अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । भारतीको ठाउँमा दरबारमार्ग वृत्तमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन गत माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि केटासाथी सहिततीन जना युवाले बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् तर, प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले गुपचुप रुपमा बलात्कार जस्तो गम्भीर अपराधको घटना मिलाएको बताइँदै आएको थियो । साथै उक्त घटनामा डिएसपीको पनि भूमिका शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तानिएको प्रहरी स्रोतको भनाइ छ यही विषयमा यसअघिनै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ साथै छानबिन समितिले दरबारमार्ग वृत्तका मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?