प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने एक जना पक्राउ

बारा, १७ माघ । प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर फरार रहेका तस्कर समूहका एक जना पक्राउ परेका छन् बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नं. १२ धर्मनगरका ५१ वर्षीय रामलाल साह गोढालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो गत वैशाख ११ गते कलैया उपमहानगरपालिका वडा नं. १२ धर्मनगर स्थित इट्टा उद्योग नजिकको सडकमा प्रक्राउ गरेका साह समेतका २५–३० जना व्यक्तिहरुले भारतबाट भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रममण गरेका थिए तस्करहरुको समूहले ज्यान मार्ने उद्देश्यले प्रहरी टोली माथी इट्टा, ढुंगा समेतले सांघातिक आक्रमण गरी सर्टगन थान–१ समेत लुटेर फरार भएका थिए सोही दिन खोजतलासको क्रममा इट्टा भट्टामा रहेको काचो इट्टाको चेपमा लुकाई राखेको अवस्थामा सर्टगन भेटिएको थियो पक्राउ परेका शाहमाथि चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिप्रका बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?