प्रधाननान्यधीशले ज्यान मार्ने धम्की दिए: अधिवक्ता भण्डारी

काठमाडौं, १७ माघ । प्रधानन्याधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षाको माग गर्दै निवेदन दिएका छन् डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका अधिवक्ता भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् निवेदन दिन भण्डारीसँगै डा गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए पराजुलीले गत पुस २६ गते करिब ५ः३० बजे तथा बिहीबार बिहान करिब ९ः३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख गरिएको छ माघ १६ गते २ बजेतिर केही मानिसहरु आफ्नो घरमा आएर पुनः ज्यान मार्ने धम्की दिएको भन्दै भण्डारीले प्रधाननन्याधिश पराजुलीबाट आफ्नो ज्यानमा अतरा भएको बताए ‘मेरो ज्यानमा प्रधाननान्याधिशबाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा निज प्रधाननान्याधिश गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’ वरिष्ठ अधिवक्ता भण्डारीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?