प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

काठमाडौं । सानेपास्थित डिउटीमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँमा फकाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सुन्धारा बस्ने उदयपुर घर भएका ३२ वर्षीय बिरधन राई र नविन राई रहेका छन् । प्रहरीले बा.१ ख ६९५२ नम्बरको बस जाँच गर्ने क्रममा नगद दिइ प्रलोभनमा पार्न खोजे पश्चात नगदसहित चालक बिरधन र सहचालक नविन पक्राउ परेका हुन् ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?