चोरीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, १७ माघ । सुर्यविनायक नगरपालिका वडा नं. ८ गणेश चोक स्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने राम बहादूर तामाङको कोठाबाट गत माघ १० गते चोरी भएको थियो तामाङको कोठामा पेस्तो र खुकुरीसहित प्रवेश गरेका व्यक्तिहरुले परिवारका सदस्यहरुको हातखुट्ट डोरीले बाँधी नियन्त्रणमा लिई कोठामा भएका नगद तथा गरगहनाका साथै मोबाइल समेत गरि कम्तिमा १६,०७,९०० बराबरको धनमाल चोरी भएको थियो चोरी लगत्तै फरार रहेकाहरुलाई महाशाखाबाट खटिएको प्रहरीको टोलीले उपत्यका विभिन्न स्थानबाट पक्राउ गरी चोरी मुद्दामा आवश्यक कारहीका लागि म.न.प्र. परिसर भक्तपुर पठाइएको छ अनुसन्धानको क्रममा निजहरु मध्ये भोज बहादुर थापा मगर, मिलन भन्ने रत्न बहादुर तामाङ र यस भन्दा अगाडी पनि विभिन्न चोरी सम्लग्न रहँदै आएको अनुसन्धानबाट खेलेको छ पक्राउ पर्नेमा रामेछाप दोरम्बा गा.पा वडा नं. ४ का भोज बहादुर मगर, सिन्धुली मरिन गा.पा. वडा नंं ८ का मिलन भन्ने रत्ना बहादुर तामाङ, काभ्रे धुलिखेल न.पा. वडा नं. १ का विष्णु भन्ने अमृत तामाङ, काभ्रे धुलिखेल न.पा. वडा नं. १० का सानुकान्छा ब्लोन पक्राउ परेका छन् भने, रामेछाप दोरम्बान गा.पा. वडा नं. ४ का टोकल भन्ने रोहित बहादुर थापा मगर, सि.पा. मेलाम्चीका वाइबा भन्ने दिर्घ बहादुर तामाङ र सिन्धुपाल्चोकका विनोद तामाङ फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?