१४ आश्विन २०८०, आईतवार

कांग्रेसको शुभकामना तथा चियापान असोज १९ मा

२०७४,आश्विन,१,आईतवार ०९:०७

0
Shares

काठमाडौं, १ असोज ।नेपाली कांग्रेसले हरेक बर्ष दशै तथा तिहारको अवसरमा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यसवर्ष असोज १९ गते गर्ने भएको छ । कांग्रेसमा बीपी कोइरालाको पालादेखि नै दशै तथा तिहारको अवसरमा पार्टीले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएका नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले आपसी सद्भाव अभिबृद्धि गर्दै राष्ट्रियतालाई मजबूत पार्नुका साथै राष्ट्र निर्माणमा सरिक हुने अवस्था सिर्जना गर्न भन्दै नेपालीहरुको महान चाड दशै र तिहारको अवसरमा कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान गर्ने परम्पराको थालनी गरेका थिए । कोइरालाको निधनपछि पनि कांग्रेसले यसलाई हरेक बर्ष निरन्तरता दिँदै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिदै कांग्रेस सभापति शेरबहादुर देउवाले असोज १९ गते पार्टी केन्द्रीय कार्यलयमा कार्यक्रम राखेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८