विप्लव समूहका केन्द्रीय नेता पक्राउ

काठमाडौं । विप्लव समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल पक्राउ परेका छन् । मण्डललाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

सखुवनी खोलामा आइतबार विप्लव समूहका नेताहरु भेला भएको सूचनाका आधारमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । तर, प्रहरी आइरहेको सूचना पाएलगत्तै उनीहरू भागेका थिए ।

सादा पोशाकका प्रहरीले लखेटेर मण्डललाई मात्र पक्राउ गर्न सफल भए । मण्डल महेन्द्रनगर वमकाण्ड, कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?