काठमाडौं । समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गरिन । संसदको सार्वभौमिकता मिचेर चोरबाटोबाट मन्त्रिपरिषदले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकास करको नाममा पेट्रोलमा सतप्रतिशत कर बढाउने निर्णयको घोर निन्दा गरिन ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुढिगण्डकी निर्माणका लागि डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने निर्णय गरेको भएपनि अहिले सरकारले पूर्वाधार विकास करको नाममा १० रुपैयाँ लिने निर्णय गर्नु उचित नभएको बताइन् । आयल निगमले प्रदुषण कर, रोड करका नाममा उपभोक्ताबाट कर लिइरहेको उल्लेख गर्दै उनले सरकारले जनतालाई मुर्ख बनाएर दोहोर कर लगाइएको बताउनुभयो । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर बढाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया