११ फाल्गुन २०८०, शुक्रवार

हङकङमाथि शानदार विजय हाँसिल गर्दै नेपाल यू–१९ इस्टर्न रिजन विजेता

२०७४,आश्विन,१,आईतवार ०८:४२

0
Shares

काठमाण्डौं, १ असोज ।नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।हङकङलाई ७६ रनमा समेट्दै ७७ रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो । यससँगै प्रतियोगितामा नेपाल आफ्ना सबै खेलमा अपराजित रह्यो ।हङकङलाई ७६रनमा समेट्ने क्रममा नेपालका लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले समान ३ ३ तथा दिपेन्द्र सिंह ऐरी र अनिल साहले समान १ १ विकेट लिए । हङकङले २ विकेट रनआउटमा गुमाएको थियो ।१५ औ ओभरमा लक्ष्य भेट्याउने क्रममा नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २२, ओपनर सन्दिप सुनारले १९, अनिल साहले १६ र प्रनित थापा मगरले १९ रन बनाए । हङकङका करनदिप सिंहले ३ र झाथावेदले २ विकेट लिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०८:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी

विराटनगर । प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको

काठमाडौं । निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ । बिहीबार भएको

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
 २०८०,फाल्गुन,११,शुक्रवार १०:३४
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
 २०८०,फाल्गुन,११,शुक्रवार १०:२५
काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा
 २०८०,फाल्गुन,१०,बिहीवार १७:३४