ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, १७ माघ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्ँिटदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?