बामदेव मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
नेकपाको राजनीति र ‘घेराबन्दीमा’ प्रधानमन्त्री ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?