हङकङमाथि शानदार विजय हाँसिल गर्दै नेपाल यू–१९ इस्टर्न रिजन विजेता

काठमाण्डौं, १ असोज ।नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।हङकङलाई ७६ रनमा समेट्दै ७७ रनको लक्ष्य पछ्याएको नेपालले पाँच विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो । यससँगै प्रतियोगितामा नेपाल आफ्ना सबै खेलमा अपराजित रह्यो ।हङकङलाई ७६रनमा समेट्ने क्रममा नेपालका लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले समान ३ ३ तथा दिपेन्द्र सिंह ऐरी र अनिल साहले समान १ १ विकेट लिए । हङकङले २ विकेट रनआउटमा गुमाएको थियो ।१५ औ ओभरमा लक्ष्य भेट्याउने क्रममा नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २२, ओपनर सन्दिप सुनारले १९, अनिल साहले १६ र प्रनित थापा मगरले १९ रन बनाए । हङकङका करनदिप सिंहले ३ र झाथावेदले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?