काठमाडौं, १७ माघ- भारतले जारी गरेको शरणार्थी कार्ड लिएका एक तिब्बतीलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौंका तत्कालीन सहायक सीडीओ र एक अधिकृत मुछिएका छन् काठमाडौंका तत्कालीन सहायक सीडीओ (हाल प्रशासन शाखाका उपसचिव ) ललित बस्नेत र नागरिकता शाखाका विजय गौतमको मिलेमतोमा कुङ्गा तेन्जिङ भुटिया भनिने तिब्बती तेन्जिङ लामालाई नागरिकता दिएको खुलासा भएको हो । बस्नेत हाल काठमाडौँ सीडीओ कार्यालयमा प्रशासन उपसचिव र गौतम नाबालक शाखामा कार्यरत छन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई नागरिकता दिन बस्नेत र गौतमको संलग्नता रहेको पुष्टि गरेसँगै सरकारी वकिलको कार्यालयमा उनीहरूविरुद्ध कारबाही गर्र्नुपर्ने राय दिएको थियो । तिब्बतीलाई नागरिकता दिएको घटनामा बस्नेत र गौतमको संलग्नता पुष्टि भएपछि गृह मन्त्रालयले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ गृहप्रवक्ता नारायणप्रसाद दुवाडीले बस्नेत र गौतमलाई विदेशीलाई नेपाली नागरिकता दिएको प्रकरणमा स्पष्टीकरण सोधिएको जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया