काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
आज एक सन्देश प्रकाशित गरी मुख्यमन्त्री पौडेलले रहेका मैनाली र परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
“विसं २०२८ मा भएको चर्चित झापा आन्दोलनका सशक्त योद्धा तथा त्यस आन्दोलनपछि गठित नेकपा (माले) हुँदै नेकपा (एमाले) र पुनः नेकपा (माले)मा रही नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेपाल सरकारका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका मैनालीलगायत उहाँका परिवारका सदस्य एवं उक्त दुर्घटनामा घाइते सम्पूर्ण महानुभावको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया