डरलाग्दो षड्यन्त्र भयो : कमल थापा

चक्रघट्टि । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता डरलाग्दो षड्यन्त्र भएको बताउदै संगठित र योजनाबद्ध ढङ्गले धर्म परिबर्तन भएको प्रती आपत्ति जनाएका छन् । पार्टीको सुनसरी बराहक्षेत्र नगर समितिको अधिबेशन उद्घाटन गर्दै थापाले लोभ लालच, भ्रम र प्रलोभनको आधारमा गाउँका गाउँ लाखौँ धर्म परिबर्तन हुँदा पनि सरकार मुकदर्धक भएको बस्नु दुर्भाग्यपूर्ण भएको बताए ।

राप्रपालाई आगामी चुनाबमा काङ्ग्रेस कम्युनिष्ट संग संगै तेस्रो शक्ति बनाउने अभियानमा जुट्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । जनता विकल्पको खोजिमा छन् , लोकतन्त्रको नाममा लुटतन्त्र जनतालाई मन परेको छैन, वाइडबढी, तेत्तीस क्विन्टल सुन,बालुवाटार जग्गा ,एनसेल कर लगायत गोकुल बास्कोटाको काण्ड जनताले राम्ररी बुझिरहेको भन्दै जनताको भावना बुझेर राप्रपाले आगामी दिनमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

भ्रस्टाचारले नेपाली समाज र राजनीतिमा क्यान्सरको रुप लिएको चर्चा गर्दै थापाले राजनीतिलाई भ्रस्टाचारले फोहरी बनाएको तर्क गरे । नेपालको भुराजनीतिको कारण राजसंस्था आबश्यक भएको भन्दै थापाले जनताको बलमा आउने राजसंस्था मात्रै दिगो र टिकाउ हुने बताए ।

थापाले थपे ‘कुनै जस्केलाबाट आउने होइन,सैनिक कु र बिदेशी भुमिकाले ल्याउने राजसंस्था दिगो हुन्न। संविधान भित्र र संसद नियन्त्रीत राजसंस्थाले मुलुकको हित गर्छ’ थापाको कथन थियो । कार्यक्रममा प्रदेश १ अध्यक्ष राम थापाले जनताको घर दैलोमा जान सके पार्टी चाडै स्थापित हुने दाबी गरे । अधिबेशनले अर्जुन भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नगर समिती चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?