पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाण्डौं, १ असोज ।चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन ।८६ हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आथिक वर्ष शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आर्थिक वर्षको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको पराजुलीले बताए । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?