कविताः इतिहासको पुस्तक

हाम्रो इतिहासले भनिरहेछ
हामी हरदम मौन वर्त लिएर बस्छौं
हाम्रो वर्तमान बोलि रहेछ
हाँस्नु पर्ने ठाउँमा कहिलै मुस्कुराउन नसकेर
हामी सधैं रोई रहेछौं ।

परिवर्तन हुनु,
मात्र एउटा झण्झट झैं लाग्छ हामीलाई
र, हाम्रो यही कायरताले
यहाँ हरेक दिन बिहान सूर्य उदाउनु सँग सँगै
एउटा साथ मर्ने गर्छ !

हो,
हाम्रो इतिहास
अदालतको कठघरामा उभिएर बकिरहेछ
हामी हरदम मौन वर्त लिएर बस्छौ
हाम्रो वर्तमानले बोलि रहेछ
जंग बहादुर जन्मदा
मुस्कुराएर स्वागत गर्ने गलत बानि भएका हामी
जब देश भक्तिका कुरा गछौँ ।

तब त्यही हामीले
बहादुरताको रामायण रट्ने गरेको
इतिहासको पुस्तक
हामीलाई गिज्याउँदै तालि बजाई रहेको हुन्छ !

लेखकः राजेश ढुंगाना
झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?