पाँच हजारमा किनेर दुई वर्षसम्म बलात्कारपछि ३० हजारमा बेचियो

एजेन्सी: भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी-२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छझारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको खुलेको छ। ती हजुरआमाले बालिकालाई सुरेन्द्र नामका एक युवकलाई बेचिदिएपछि उनको दुर्दिन सुरु भएको हो सुरेन्द्र नामका ती युवकले बालिकालाई झारखण्डबाट किनेर दिल्ली लिएर आएका थिए । जहाँ करिब २ वर्षसम्म सुरेन्द्रले बालिकालाई घरमा चर्को काम मात्रै लाएनन् बलात्कार पनि गरे सुरेन्द्रले दुई साताअघि ती बालिकालाई ३० हजार रुपैयाँमा मिश्रा नामका अर्का युवकलाई बेचिदिएका थिए । जसले बालिकालाई दिल्लीबाट फरिदाबाद लिएर गए । पीडित बालिकाले आफूलाई फरिदाबादमा पनि सुरेन्द्र मिश्राले बलात्कार गरेको बयान दिएकी छन् । बालिकाले घरमा काम गर्दा पाउने पैसा समेत उनीहरुले खोसेर राख्ने गरेको बयान बालिकाले प्रहरीमा दिएकी छन् पीडितको यस बयानले फरिदाबाद पुलिसमा तरङ्ग ल्याएको छ । यसपछि महिला थाना पुलिसले पाक्सो एक्ट (भारतीय कानुन) बमोजिम मुद्दा दर्ता गरेर जाँच थालेको छअर्कातिर पुलिसको एउटा विशेष टिम झारखण्ड हिँडेको छ। अर्को टिम फरिदाबाद र दिल्लीमा आरोपीको खोजीमा धमाधम छापा मार्न जुटेको छजानकारी अनुसार चाइल्ड लाइन (भारतीय सरकारको बालबालिकासम्बन्धी एउटा कार्यालय) को हेल्पलाइनमा शनिवार राति एउटा फोन आएको थियो । त्यसपछि चाइल्ड लाइनको टिम सेक्टर-३१ थाना पुलिसको सहयोगमा आइतवार बिहान बालिकालाई थुनेको घरमा पुगेको थियो । जहाँ बालिकालाई प्रहरीले भेट्टाउन सफल भयो । अहिले पीडित बालिकालाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी रहेको छ। अन्नपूर्णमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?