काठमाडौं । सरकारले १५ सय स्वयम् सेवक शिक्षक एक वर्षका लागि मागेको छ ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन खोलेको हो।
शिक्षकका लागि स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले निवेदन दिन सक्ने छन् ।
अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन।
आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो।
स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको थियो ।
फारम भर्न तलको लिङ्क क्लिक गर्न सक्नुहुनेछ ।
https://www.doe.gov.np/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया