शहीद दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बैतडी, १६ माघ – स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शहीद दिवस अवसर पारिएको उक्त कार्यक्रममा १८ जनाले सहभागिता जनाएका थिए प्रतियोगितामा कमल पहरे प्रथम भएका छन् भने सन्तोषी खड्का द्विीत्तीय, देवकी धामी तृत्तीय र सञ्चिता देवकोटा सान्त्वना भएका छन् । शहीदको परिभाषा र पहिचान विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका स्ववियु सभापति राजेन्द्र बमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा कलेज प्रमुख प्रमानन्द जोशी र भगवान दास मानन्धर प्रमुख अतिथि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?