कृषि स्कूल खोल्नका लागि धार्मिक कार्यक्रम हुने
महेन्द्र चापागाईंनवलपुर १६ माघ – कृषि प्राविधिक शिक्षालय स्थापना गर्नको लागि कुमारवर्ती मावि कोल्हुवामा बृहत्तर योजनासहित स्वर्ण महोत्सवको अवसर पारेर शैक्षिक एवम् धार्मिक धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा रहेको कुमारवर्ती माविमा यही फाल्गुन १२ गतेबाट महायज्ञ शुरु गरिने महायज्ञ मुल आयोजक समारोहका संयोजक विष्णु अधिकारीले जानकारी दिए धनधान्याञ्चल ज्ञान महायज्ञ अवधीभर प्रतेक दिन भागवत कथा वाचन , पुजाअर्चना , भजनकृतन , तुलादान , ब्रतबन्ध , पितृ उद्धारका कार्यक्रम, पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा शिक्षकहरुलाई सम्मान , जेष्ठ नागरिकलाई सम्मान लगाययतका कार्यक्रम गरिने अधिकारीले बताए महायज्ञ सम्पन्न गर्न करीब ३० लाख खर्च हुने महायज्ञबाट करीब अढाई करोण भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको कुमारवर्ती माविका प्रध्यानाअध्यापक दर्शन अमात्येले जनाए बाल सन्त युवा पण्डित बालयोगेश्वर महाराजबाट भावगत् वाचन हुने भएको सचिवालयका संयोजक शिव कुमार भण्डारीले बताए ।