एकैपटक पाँच पसलमा चोरी, प्रहरी भन्छः गस्ती बढाइएको छ

एसपी यादवसर्लाही १६ माघ – सर्लाहीको सदरमुकाम मलङ्ग्वास्थित बालमन्दिर चोकमा सोमवार राति ५ पसलमा चोरी भएको छ मलङ्ग्वाका स्थानीय पीडित व्यापारी मन्जर हुसैन मिकरानीका अनुसार  विभिन्न व्यापारीहरुले सञ्चालन गर्दै आएका हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको बताए । उनले भने, ‘मेरो कपडा पसलको गोदामको सटर फुटाएर १० थान कम्बल र अन्य लुगा कपडासमेत चोरिएको छ।’ सदरमुकाम मलङ्ग्वाको मुख्य बजार क्षेत्रमा यसरी लाखौँको धनमाल चोरी भएपछि स्थानीय व्यापारीहरु त्रसित भएको मिकरानीले बताए प्रहरीको प्रारम्भिक अनुसन्धानमा करिब २ लाख रुपैयाँ बराबरको मालसामान चोरी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार चोरीमा संलग्न रहेका आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको र चोरीमा संलग्न रहेका मुख्य अभियुक्तहरु पनि छिट्टै पक्राउ गर्ने उनले दाबी गरे । उनले, ठाउँ ठाउँमा प्रहरी गस्ती परिचालित रहेको बताए । तर, यस किसिमको संस्थागत चोरी हुनुमा पेशेवर चोर र लागुऔषध प्रयोगकर्ताको  हात हुन सक्ने उनले दाबी गरे शान्ति सुरक्षाको माग गर्दै बिहान केहीबेर व्यापारीहरुले मलङ्ग्वा बजार बन्द गरेका थिए प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल र सर्लाही प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक–दुई दिन भित्रै पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?