नेकपा आफ्नै क्रियाकलापले पतनको बाटोमा : नेता केसी

नुवाकोट । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गोकुल बाँस्कोटा एक्लैले मात्र ७० करोड भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने बताएका छन् ।

बिहीबार नुवाकोटको एक कार्यक्रममा बोल्दै नेता केसीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले मागेको ७० करोड घुसमा प्रधानमन्त्रीदेखि केही मन्त्रीहरुको समेत संलग्नता हुने सक्ने आशंका गरे ।
नेता केसीले झूट र भ्रमको आश्वासन बाँडेर नेकपाले बहुमत ल्याएपनि अहिले उसको असलियत छताछुल्ल भएको बताए ।
देशमा जताततै बलात्कार, हत्या,हिसां, आतंक र भ्रष्टाचारले प्रशय पाएको दावी गर्दै नेता केसीले यसले जनतामा चरम निराशा बढाएको बताए । उनले नेकपाको आफ्नै क्रियाकलापले पतनको बाटोमा अग्रसर भएको समेत दावी गरे ।
मालिका माबि बेलकोटको अभिभावक भेलामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु डा रामशरण महत, बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वर नरसिंह केसी लगायतको समेत उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?