२०७४, १६ माघ मंगलवार १९:०५

घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु


प्रकाशित मिति : २०७४, १६ माघ मंगलवार १९:०५

नुवाकोट, १६ माघ – बिदुर नगरपालिका–९ कोलनीमा घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ कोलनीस्थित विनोद गुरुङको घर बनाउन रड काट्ने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा बारा सिम्रौनगढ नगरपालिका–८ का २३ वर्र्षीय शिव महतोको मृत्यु भएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो करेन्ट लागेर गम्भीर घाइते भएका महतोको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस