कञ्चनपुरमा दम्पतीको विभत्स हत्या, घटनास्थल पुग्यो प्रहरी

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा एक दम्पतीको हत्या भएको छ ।

कलुवापुरको कटान टोलमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको स्थानीयले बताएका छन् ।

स्थानीयले भण्डारीको घाँटी र धनादेवीको टाउकोमा घाउ देखिएको बताएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

कञ्चनपुरका एसपी कुबेर कडायतले भण्डारी दम्पतीको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीले घटनास्थलमा अनुसन्धान शुरु गरीसकेको कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?