तपाईको फेसबुक कहाँ खुलेको छ ?

काठमाडौं । हामीले साधारण तया साइवरमा गएर वा अन्य कतै जाँदा फेसबुक बिभिन्न डिभाइसमा खोलेर बिर्सिएका हुन सक्दछौँ ।

साथै हामीलाई ढिला भएको बेलामा बिर्सिएर त्यत्तिकै खोलिरहेको फेसबुक लग आउट नगरी छोडेर हिँडेका हुन्छौँ ।

त्यस्तो बेलामा हाम्रो फेसबुक अन्य कसैले चलाइदिन सक्दछ र त्यसले हामीलाई नराम्रो बनाउन पनि सक्दछ ।

साथै केहि नचलाई कन तपाईको बारेमा कसैले जासिुसी पनि गर्न सक्दछ । त्यस्तो अवस्था भयो भने तपाई के गर्नुहुन्छ ? आव हामी तपाईलाई यदि कारणवश त्यस्तो भएको खण्डमा के गर्ने भन्ने बारेमा जानकारी दिनेछौँ ।

त्यस किसिमको डरबाट मुक्त हुन र तपाईले कुन-कुन ठाउँमा आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउनका साथै यस्तो किसिमका डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईले फेसबुकमा रहेको यो फिचरको सहयोग लिन सक्नुहुनेछ ।

उक्त फिचरको सहयोगले तपाईले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न मिल्दछ ।

त्यसका लागि यी नियमहरु अपनाउन सकिन्छ

१. स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गरेर सेटिंग्समा जानुपर्दछ ।

२. त्यहाँ भएको सेक्युरिटी अप्सनमा जानुपर्दछ र त्यसभित्र रहेको सेक्युरिटी एण्ड लगइन नामक अप्सनमा किल्क गर्नुपर्दछ ।

३. त्यहाँ तपाईले ध्जभचभ थयग बचभ यिननभम ष्ल नामक खण्ड देख्नुहुनेछ र त्यसमा आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देखिन्छन् ।

४. यदि ति डिभाइसमध्ये कुनै डिभाइसमा पनि तपाईको फेसबुक लगआउट भएको छैन वा एक्टिभ छ भने त्यहाँ रहेका तीनवटा थोप्लाको चिन्हमा क्लिक गरेर प्रत्येक डिभाइसमा खुलेका आफ्ना अकाउण्ट लगआउट गर्न सक्नुहुन्छ ।

५. यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने ीयन यगत या बिि कभककष्यलक अप्सन छान्न पनि मिल्छ ।

डेस्कटपका लागि

१. वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्

२. टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी क्भततष्लनक अप्सनमा जानुहोस्

३. सेटिंग्स पेजभित्र बायाँ भागमा क्भअगचष्तथ बलम ीयनष्ल अप्सनमा क्लिक गर्नुहोस्

४. त्यसपछि ध्जभचभ थयग बचभ यिननभम ष्ल खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिनेछ ।

५. ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?